काठमाडौं १८, भदौ । प्राध्यापक डाक्टर इश्वरी लाल श्रेष्ठ स्मृती सम्मान प्रध्यापक डाक्टर गोविन्द राम अग्रवाललाई प्रदान गरिएको छ । राजधानीमा बाणिज्य दिवसको अवसरमा आयोजित एक कार्यक्रमका बीच अग्रवाललाई बाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्राध्यापक डाक्टर इश्वरी लाल श्रेष्ठ स्मृती सम्मान प्रदान गरिएको हो ।
नेपालमा पहिलो व्यवस्थापन संकायको पढाईको सुरुवात गर्ने प्राध्यापक डाक्टर इश्वरी लाल श्रेष्ठको स्मृतीमा अग्रवाललाई सो सम्मान दिइएको हो । प्रा.डा श्रेष्ठले नेपालमा पहिलो पटक शंकरदेव क्याम्पसमा व्यवस्थापन विषयको अध्ययनको सुरुवात गुर्नभएको थियो । नेपालमा हाल बाणिज्य शास्त्र अध्ययन गर्ने विद्यार्थी ४० प्रतिशतको हारहारीमा रहेको तथ्यांक छ ।

कार्यक्रमा बोल्दै विभिन्नवक्ताहरुले स्वार्गीय श्रेष्ठले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै श्रेष्ठको सम्झनाका खोलिएको प्रा. इश्वरीलाल श्रेष्ठ स्मृती प्रतिष्ठानलाई सबैको सहयोग आवश्यक रहेको बताएका थिए । नेपालमा बाणिज्य शिक्षा विस्तारमा महत्वपूर्ण योगदान पुर्याएका श्रेष्ठको २०७५ मसिंरमा निधन भएको थियो ।
स्वार्गीय श्रेष्ठमा पुत्र डा. प्रकाश लाल श्रेष्ठले प्रतिष्ठानले आगामी दिनमा गरीब तथा जेहन्दार विद्यार्थीहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने बताउनुभयो । यस्तै सम्मानीत व्याक्तित्व प्रा.डा गोविन्द राम अग्रवालले स्वार्गीय इश्वरीलाल श्रेष्ठकै कारण आफु अहिलेको स्थानमा पुग्न सकेको भन्दै श्रेष्ठ निकै सहयोगी र शिक्षा प्रेमी रहेको स्मरण गर्नुभयो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend