काठमाण्डौं १८, भदौ । समाजवादी पार्टीका नेता नारायण तिवारीले अब पार्टी फराकिलो छाति बनाएर अघि बढने बताएका छन् । नेता तिवारीले आज काठमाण्डौमा पत्रकारहरु संग कुराकानी गदै पार्टी क्षेत्रिय एजेण्डामा मात्रै केन्द्रित हुन नहुने भन्दै राष्ट्रिय मुद्दालाई आत्मसात गर्दै अघि बढ्न लागेको उनको भनाई छ ।
नेता तिवारीले पार्टीको संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईलाई वैचारिक रुपमा सक्षम नेताको संज्ञा दिँदै आगामी दिनमा पनि उनले पाटीभित्र वैचारिक नेतृत्व गर्दै अघि बढ्नुपर्ने बताए ।
त्यस्तै, पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवसँग सांगठनिक नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्षमता भएकोले सोहीअनुसार समाजवादी पार्टीलाई अघि डोर्याउनुपर्ने उनको सुझाव छ ।
उनले आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरि अघि बढ्नु्पर्नेपनि सुझाव दिए । नेता तिवारी पार्टीको प्रवक्ताका दावेदार हुन । उनलाई उक्त भूमिका दिनुपर्छ भन्नेमा दुवै नेता सहमत रहेको पनि स्रोतको दाबी छ ।
पत्रकारिता संगै राजनीतिमा राम्रो छवि बनाएका तिवारी संचारमाध्यम संग राम्रो सम्बन्ध छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend