काठमाण्डौं १८, भाद्र । प्रहरीले पूर्वराजदूत केशवराज झाको हत्यामा संलग्नको पहिचान गरेको छ ।लामो अनुसन्धानपछि प्रहरीले झाको घरमा नै काम गर्दै आएका सानुकान्छा तामाङ नै हत्यारा भएको निष्कर्ष निकालेको छ ।उक्त घटनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले हत्याराको पहिचान भएको दाबी गरेको छ ।
फ्रान्सका लागि पूर्व राजदूत झाको हत्यामा सानुकान्छाको संलग्नता रहेको पुष्टी भएको घटनाको अनुसन्धान गरिरहेको महाशाखाका एक अधिकारीले जानकारी दिए ।आजको नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशित छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend