सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र माल्दिभ्सका राष्ट्रपतिबीच भेटवार्ता

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र माल्दिभ्सका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं १८, भदौ । मङ्गलबारदेखि माल्दिभ्सको राजधानी मालेमा शुरु भएको चौथो हिन्द महासागर सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ पुग्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार नै माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलीहसँग शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरुबीच पारस्परिक हित र चासोका विविध विषयका साथै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा र्पुयाउने बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र माल्दिभ्सको पर्यटन प्रवद्र्धन, नेपाली नागरिकलाई माल्दिभ्समा रोजगारीका अवसर, जलवायु परिवर्तनका प्रतिकूल असर कम गर्ने साझा प्रयास तथा दुवै देशका साझा सरोकारका मुद्दामा अन्तराष्ट्रिय र क्षेत्रीय मञ्चहरुमा सहयोग बढाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्रीमार्फत माल्दिभ्सका राष्ट्रपतिले राष्ट्रपति विद्यादेवी भण्डारीमा हार्दिक शुभकामना व्यक्त गरेकी छिन् । हिन्द महासागर क्षेत्रको सुरक्षा, पारम्परिक एवं अपारम्परिक चुनौती विषयक सम्मेलन आज समापन हुँदैछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend