सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आन्तरिक राजश्व कार्यालयका कम्प्युटर अपरेटर लामा घुस रकम सहित पक्राउ

आन्तरिक राजश्व कार्यालयका कम्प्युटर अपरेटर लामा घुस रकम सहित पक्राउ

वीरगञ्ज – बाराका एक सरकारी कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । आन्तरिक राजश्व कार्यालय सिमराका कम्प्युटर अपरेटर सुदिप लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित पक्राउ गर्न सफल भएको हो ।

सोमबार साँझ जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १, सिमराको एक किराना पसलको अगाडिबाट लामालाई घुस लिएको ४० हजार रुपैयाँसहित रंगेहात अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

पक्राउ परेका लामाले लामो समयदेखि कारोबार नभएको पान नम्बर बन्द गर्न सहजीकरण गरिदिने र राजश्व रकम छुट गरीदिने भन्दै विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस माग गर्दै आएका थिए ।

घुस माग गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाबाट खटिएको टोलीले उनलाई घुसबापतको रकम लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend