काठमाडौं १६ । पछिल्लो समय एटीएमबाट अनधिकृत रूपमा रकम निकाल्ने एक गिरोह सक्रिय रहेको पाइएको छ । मध्यराति दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै ५ जनालाई प्रहरीले पक्राउ गरेसँगै यस्तो गिरोह सक्रिय रहेको पाइएको हो ।
पक्राउ पर्नेहरु सबै चिनियाँ नागरिक हुन् । उनीहरुका साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend