सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

संघीय निजामती सेवा ऐन जारी गराउन एकीकृत सरकारी कर्मचारी संगठन आन्दोलनमा जाने

संघीय निजामती सेवा ऐन जारी गराउन एकीकृत सरकारी कर्मचारी संगठन आन्दोलनमा जाने

काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) पार्टी आवद्ध एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले संघीय निजामती सेवा ऐन जारी गराउनको लागि आन्दोलनमा जाने घोषणा गरेको छ।

संगठनको केन्द्रीय कार्यसमितिको असोज २ र ३ गते भक्तपुरको खरिपाटीमा सम्पन्न भएको चौथो पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्नको लागि सोमबार (७ असोज )आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष याम बहादुर खत्री , महासचिव प्रकाश राई लगायतले बैठकले ५१ बुँदे विशेष प्रस्तावहरु पारित गरेको जानकारी दिँदै संघीयता कार्यान्वयनको ९ वर्षमा पनि निजामती ऐन जारी हुन नसक्नुले सार्वजनिक प्रशासनको क्षेत्रमा अराजकता , अन्यौलता, र निराशा व्याप्त भएकाले अब आन्दोलनमा जानुपर्ने अवस्था आएको बताए ।

संगठनका अध्यक्ष खत्रीले सेवाग्राही र कर्मचारीमैत्री ऐन प्राप्त नभएसम्म दशैं ,तिहारपछि रिले अनसन लगायतका अभियान निरन्तर गर्ने र आवश्यकता अनुसार अन्य कार्यक्रमहरु पनि संचालन गर्ने निर्णय गरेको बताए ।

“सरुवा प्रणालीलाई वैज्ञानिक , स्वचालित र पूर्ण अनुमानयोग्य बनाउन संगठनले वैचारिक विमर्श लगाएतको काम गरेको छ। सरुवा प्रणालीलाई दीर्घकालीन रुपमा स्वचालित बनाउन संघीय निजामती सेवा ऐन जारी भएपछि हाल रहेका सबै कर्मचारीलाई पुल दरबन्दीमा राखेर क्रमशः सरुवा भएर जाने तीनवटा कार्यालयहरु क्रमवद्व रूपमा सुनिश्चित गर्दै हाल बहालमा रहेका कर्मचारीहरु सबैलाई पुनः पदस्थापन गर्ने व्यवस्था गर्न संगठन माग गर्दछ एवं अहिलेको लागि कर्मचारी सरुवामा स्पष्ट मापदण्ड बनाएर पारदर्शी र भेदभावरहित हुने सुनिश्चितता हुनुपर्छ”, उनले भने।

संगठनका महासचिव राईले खरिपाटी बैठकले करारका कर्मचारीलाई सामाजिक सुरक्षाकोषमा आवद्धताको सुनिश्चितता , चालक बीमा , महङ्गी भत्ता सुविधा हुनुपर्ने माग गरेको बताए । यसका लागि अल्पकालीन र दीर्घकालीन समाधानका उपाय बैठकले सुझाएको उनले जानकारी दिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend