७असोज , काठमाडौं । नयाँवानेश्वर व्यापार व्यवसायी संघले नेपालीहरुको महान् चाड दशै, तिहार, छठ, नेपाल संवत् लगायत महत्वपुर्ण पर्वको अवसरमा “बानेश्वरमा चाडवाडको बहार, सामान खरिदमा उपहारै उपहार” योजना ल्याएको छ।
यो योजना आश्विन ७ गते देखी कार्तिक २२ गते सम्म रहने आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो। ग्राहकले १५ सयको सामान खरिद गर्दा एउटा उपहार कुपन प्राप्त गर्ने सम्मेलनमा जानकारी दिइयो। कुल ३० जना ग्राहकलाई उपहार प्रदान गरिनेछ ।
पत्रकार सम्मेलनमा नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नवीन लुइँटेलले आर्थिक वर्षकै सबै भन्दा धेरै आर्थिक गतिविधि हुने विशेष समयलाई ध्यानमा राखेर, विग्रिएको अर्थतन्त्रलाई टेवा दिदै देशको आर्थिक विकासमा पनि सहयोग पुर्याउने उद्देश्य एवम् बानेश्वर क्षेत्रका सम्पुर्ण व्यवसायीको आर्थिक उन्नतीलाई ध्यानमा राखेर यो उपहार योजना ल्याइएको बताए।
अध्यक्ष लुइँटेलले यस योजनामा काठमाडौं महानगरपालिका र बागमती प्रदेश सरकारको पनि व्यवस्थापकिय सहयोग रहने जानकारी दिए।
ग्राहकको सहजता र सुरक्षामा पुर्ण रूपमा ध्यान दिईने उनले बताए । दशै- तिहार मात्रै नभएर वर्षभरि नै बानेश्वरलाई किनमेलको केन्द्र बनाउने उद्देश्यले समेत यो योजनाले सहयोग गर्ने उनले विश्वास व्यक्त गरे।
दशै तिहार विशेष उपहार योजना कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा कुनै पनि ग्राहकले बानेश्वरको कुनै पनि पसलबाट समान खरिद गर्दा समान संगै नयाँ बानेश्वर व्यापार व्यवसायी संघको उपहार कुपन प्राप्त गर्नु हुनेछ । उक्त कुपनलाइ गोलाप्रथाद्वारा भाग्यशाली ३० जना ग्राहक महानुभावहरुलाई उपहारहरु प्रदान गर्ने छौ त्यस मध्यको प्रमुख उपहार पुरस्कार यस प्रकार रहेको छ।
उपहारहरु:-
१. प्रथम उपहार
-मोटरसाइकल १ थान
२. दोस्रो उपहार
-५५ इन्च टेलिभिजन १ थान
३. तेस्रो उपहार
– २५३ लि को रेफ्रिजेरेटर १थान
४ . चौथो उपहार
– ८ केजी को वासिङ मेशिन १ थान
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend