बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

पाबसा बचत तथा ऋण सहकारीको १७औं साधारणसभा सम्पन्न

पाबसा बचत तथा ऋण सहकारीको १७औं साधारणसभा सम्पन्न

१ असोज, काठमाडौं । पाबसा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७औं  वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष सरोज कुमार पौड्यालको सभापतित्वमा मंगलबार (१ असोज )

साधारणसभाले संस्थाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक  प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।

सभाले चालू आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।

समिक्षा आर्थिक वर्षमा यस संस्थाको शेयर पूँजीमा अघिल्लो आर्थिक वर्षको तुलनामा ११% बढेर रु. ८,२८,५१,५००/- पुगेको छ। त्यस्तै , निक्षेप  रु. ६३,०९,८९,२२५/-   र कर्जा लगानी रु. ६३,६१,८९,६२६/- रहेको छ। संस्थाको खुद नाफा रु. १,१५,५२,९४४ रहेको छ।

संस्थाले सदस्यहरुको हितमा विभिन्न योजनाहरु , उपचार सहयोग , मृत्यु संस्कार सहयोग , प्रसुती खुराक सहयोग , विद्यालय र विद्यार्थीहरुलाई छात्रवृत्ति लगायतका कार्यक्रमहरु पनि संचालन गर्दै आएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend