२४ भदौ ,काठमाडौँ । नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बिच राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।त्यसअघि राष्ट्रपतिले सिग्देललाई प्रधानसेनापति पदको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।
प्रधानसेनापति सिग्देलको शपथ समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलगायतका विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो ।
नेपाल सरकारको यही भदौ १२ गतेको निर्णयअनुसार राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति नियुक्त गरेका थिए । शपथसँगै उनले आजदेखि प्रधानसेनापतिको रुपमा औपचारिक रुपमा काम सुरु गरेका छन् । यसअघि प्रधानसेनापति प्रभुराम शर्मा रहेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend