मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

घरेलु श्रमिकलाई श्रम सम्झौता गरी पठाउनेछौंः श्रममन्त्री भण्डारी

घरेलु श्रमिकलाई श्रम सम्झौता गरी पठाउनेछौंः श्रममन्त्री भण्डारी

१९ भदौ, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नियमन बाहिर रहेको घरेलु श्रमिकको भर्ना प्रक्रियालाई व्यवस्थित गर्न निश्चित गन्तव्य देशसग श्रम सम्झौता गरी घरेलु श्रमिक पठाउने तयारी भइरहेको बताउनु भएको छ ।

प्रतिनिधिसभामा मंगलबार प्रश्नोत्तर कार्यक्रममा श्रममन्त्री भण्डारीले श्रम सम्झौता गरी घरेलु श्रमिक पठाउने तयारी भइरहेको बताउनु भएको हो । अहिले संस्थागत रुपमा जोर्डन र साइप्रसमा संस्थागत रूपमा घरेलु श्रमिक गइरहेका छन् ।

उहाँले गन्तव्य मुलुकमा श्रम स्वीकृतिबाहेक जुनसुकै भिसाबाट पुगी गन्तव्य मुलुकमा काम गरिरहेको भए वैधानिकीकरण गर्ने काम भइरहेको बताउनु भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend