सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

बाह्य क्षेत्रसंगसँगै बैङ्किङ सिस्टममा प्रशस्तै प्रचुर मात्रामा तरलता छः गभर्नर अधिकारी

बाह्य क्षेत्रसंगसँगै बैङ्किङ सिस्टममा प्रशस्तै प्रचुर मात्रामा तरलता छः गभर्नर अधिकारी

१६ भदौं,काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य क्षेत्र सबल रहेको बताउनु भएको छ । नेपाल आर्थिक पत्रकार समाजको २६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले बैङ्किङ क्षेत्रमा प्रचुर मात्रामा तरलता रहेको बताउनु भएको हो ।

उहाँले भन्नु भयो, ‘अर्थतन्त्रका बाह्य क्षेत्र अत्यन्तै सबल छ । मुद्रास्फीति सायद इतिहासमै तल छौँ । त्यसैगरी बाह्य क्षेत्रसंगसँगै बैङ्किङ सिस्टममा प्रशस्तै प्रचुर मात्रामा तरलता छ । तरलता, हालको अवस्था, सबलतालाई हेरेर नेपाल राष्ट्र बैङ्कले पछिल्लो मौद्रिक नीतिमा धेरै नै लचक ल्याएको छ ।’

साथै उहाँले तरलताकै आधारमा बैङ्किङ प्रणालीको ब्याजदरहरू तल रहेको बताउनु भयो । उहाँले भोलिको दिनमा आर्थिक क्रियाकलापहरूलाई अगाडि बढाउनको लागि र निजी क्षेत्रको मनोबललाई उच्च राख्नको लागि प्रशस्त मात्रामा आधारशिला खडा भएको बताउनु भयो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend