सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

अब छिटोछिटो मन्त्री परिवर्तन हुने परिपाटी रोकिने अर्थमन्त्री बिष्णु पौडेलको दावी

अब छिटोछिटो मन्त्री परिवर्तन हुने परिपाटी रोकिने अर्थमन्त्री बिष्णु पौडेलको दावी

१६ भदौं,काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले राजनीतिक अस्थीरताको असर मुलुकको अर्थतन्त्रमा परेकाले स्थीर सरकार बनाउनुपरेको बताउनु भएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औं वार्षिक साधारणसभालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै पौडेलले यस्तो बताउनु भएको हो । उहाँले वर्षमा तीनपटक अर्थमन्त्री फेरिने अस्थीरताको अवस्थाले मुलुकको अर्थतन्त्रलगायतका क्षेत्रमा नकारात्मक असर परेको भन्दै स्थीर सरकार बनाउनु परेको बताउनु भयो ।

उहाँले अब छिटोछिटो मन्त्री परिवर्तन हुने परिपाटी रोकिने दावी गर्नु भयो । बाह्य क्षेत्र सबल हुँदाहुँदै पनि माग बढ्न नसकेको र प्रयाप्त तरलता हुँदाहुँदै पनि लगानी बढ्न नसकेको अवस्थालाई सबै मिलेर अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ ।

अर्थमन्त्री पौडेलले अहिलेको मौद्रिक नीति लचिलो रहेको र अर्थतन्त्रको समस्या समाधानका लागि केहि योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो । अर्थतन्त्रलाई गतिशील बनाउनका लागि सरकारको कदम प्रयाप्त नभएको देखिएकाले सरकार निजी क्षेत्रलाई साथमा लिएर सशक्त ढंगले अघि बढ्न तयार रहेको उहाँले बताउनु भयो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend