शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

पाबसा बचत तथा ऋण सहकारीको १६औं  साधारणसभाबाट ११% लाभांश प्रदान

पाबसा बचत तथा ऋण सहकारीको १६औं  साधारणसभाबाट ११% लाभांश प्रदान

काठमाडौं । पाबसा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६औं  वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष सरोज कुमार पौड्यालको सभापतित्व र काठमाडौं क्षेत्र न.५ बाट प्रतिनिधिसभाका सांसद प्रदिप पौडेलको  प्रमुख आतिथ्यमा यही असोज ११ गते बिहिवार  उक्त साधारणसभा सम्पन्न भएको हो।

साधारणसभाका प्रमुख अतिथि सांसद पौडेलले सहकारी पनि वित्तीय क्षेत्र भएकोले नेपाल राष्ट्र बैंकले नै अनुगमन गर्ने प्रावधान ल्याउनुपर्ने विचार व्यक्त गरे। सहकारी विभाग र अन्य नियमनकारी निकायले मात्रै सहकारीहरुमा वित्तीय अनुशासन कायम गर्न नसकेको उनको धारणा थियो।

त्यस्तै , सहकारी क्षेत्रले अब सदस्यहरुलाइ उत्पादनमुलक कार्यमा अभिप्रेरित गर्नुपर्नेमा पौडेलले जोड दिए।

कार्यक्रममा चन्द्रागिरी बचत तथा ऋण सहकारीका अध्यक्ष योगेन्द्र कुमार कुँवरले सहकारी क्षेत्रमा नेतृत्व गर्ने व्यक्तिहरुले पहिले आँफैले सफल र उदाहरणीय संस्था चलाउन सक्षम हुनुपर्ने बताए ।

संस्थाका अध्यक्ष सरोज कुमार पौड्यालले आफ्नो सहकारीले ऐनले तोकेअनुसारको कोषहरुको नियम सङ्गत व्यवस्था गर्दै आएको र आर्थिक वर्ष ०७९/०८० को अन्तसम्ममा रु.६१,८५,४१,६६२|५८ निक्षेप संकलन गरिरहँदा संस्थागत पूंजी तर्फ शेयर रु. ८,१६,८७,५००/- र अन्य कोषहरुमा जम्मा भएको रकम रु. १०,९२,६७,२३३/- गरि जम्मा पूंजी रु. १९,०९,५४,७३३/- पुगेको उल्लेख गरे। संस्थाको निक्षेप दायित्वको आधारमा यो पूंजीकोष ३१% पुगेको र यी तथ्यहरुको आधारले पनि संस्था आजसम्म जोखिमरहित अवस्थामा रहेको उनले बताए ।

साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।

सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।

समिक्षा आर्थिक वर्षमा यस सहकारीले आफ्ना शेयर सदस्यहरुलाई  संचित मुनाफाबाट ११% नगद लाभांश प्रदान गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend