काठमाडौं । इमानि बचत तथा ऋण सहकारी संस्था लिमिटेड (नयाँ बानेश्वर ) ले १३औं वार्षिक साधारणसभा सम्पन्न गर्दै नयाँ संचालक समितिको चयन गरेको छ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्य र निवर्तमान अध्यक्ष राजकुमार बुढाथोकीको सभापतित्वमा यही असोज ११ गते बिहिवार सम्पन्न साधारणसभाले आगामी ४ वर्षको कार्यकालको लागि संचालक समितिको सर्वसम्मत निर्वाचन सम्पन्न गरेको हो।

नवनिर्वाचित संचालक समितिको अध्यक्षमा किशोर कुमार गौतम रहेका छन । त्यस्तै , उपाध्यक्षमा दिलिप गौतम , सचिवमा दिपक प्रसाद सापकोटा , कोषाध्यक्षमा रुपक भण्डारी लगायत निर्वाचित भएका छन ।
त्यससँगै लेखासुपरिवेक्षण समितिको पनि निर्वाचन सम्पन्न भएको छ।
साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।
सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।
समिक्षा आर्थिक वर्षमा आफ्ना ७५१ शेयर सदस्यबाट जम्मा शेयरपुँजी रु. २,१७,८०,१०० कायम गरेको संस्थाले यस आ.व. मा रु. १३,५०,८४,९१५ निक्षेप संकलन र रु. ९,९६,५१,१३० कर्जा लगानी गर्दै रु. ३२,८२,४३५ खुद मुनाफा आर्जन गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend