सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

यही असोज १४ देखि २१ गतेसम्म काठमाडौँको टोखा नगरपालिकाले राजस्व सप्ताह मनाउने

यही असोज १४ देखि २१ गतेसम्म काठमाडौँको टोखा नगरपालिकाले राजस्व सप्ताह मनाउने

काठमाडौँ ,असोज १० गते । यही असोज १४ देखि २१ गतेसम्म काठमाडौँको टोखा नगरपालिकाले राजस्व सप्ताह मनाउने भएको छ । टोखाले नगरपालिकाभित्रको करको दायरालाई फराकिलो बनाउँदै राजस्व वृद्धि गर्ने उद्देश्यले पहिलोपटक राजस्व सप्ताह मनाउन लागेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगरपालिकाको आन्तरिक स्रोतलाई वृद्धि गर्दै करको दायरालाई फराकिलो बनाउनका लागि कार्यपालिकाको बैठकको निर्णयानुसार राजस्व सप्ताह आयोजना गर्न लागेको जानकारी दिए । गत आवमा जम्मा रु २४ करोड ५२ लाख राजस्व सङ्कलन भएको उनको भनाइ थियो ।

टोखाले उठाउने राजस्वमध्ये सबैभन्दा बढी सम्पत्ति करमा ५० प्रतिशत, व्यावसायिक करमा ३३ प्रतिशत, घरबहाल करमा १६ प्रतिशत र अन्य शीर्षकमा १० प्रतिशत रहेको छ । उनले आगामी १४ गते बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरिने र उक्त हप्ताभर करका बारेमा प्रचार–प्रसार तथा शिक्षा प्रदान गरिने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend