मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

नेपालमा रेलवे संचालनको लागि चीनले तालिम दिने

नेपालमा रेलवे संचालनको लागि चीनले तालिम दिने

९ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको हाल जारी चीन भ्रमणको क्रममा   चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ।   नेपालमा  रेल संचालनको लागि  नेपालीलाई रेलवे सम्बन्धी तालिम दिन चीन तयार भएको हो ।

असोज ८ गते मंगलबार  सार्वजनिक संयुक्त वक्तव्यमा सो कुरा उल्लेख छ । तर यस सम्बन्धमा विस्तृतमा खुलाइएको छैन ।

केरुङ-काठमाडौं रेलवेको सम्भाव्यता अध्ययनको प्रगतिमा दुवै पक्ष सन्तुष्ट रहेको र नेपाल-चीन रेलवे सहयोग सम्बन्धी आठौं बैठक जतिसक्दो चाँडो आयोजना गर्ने योजना बनाइएको पनि संयुक्त वक्तव्यमा उल्लेख छ ।

यसैगरी चिनियाँ पक्षले लिजी-नेचुङ बन्दरगाहमा नेपाली पक्षको सुविधाका लागि आवश्यक सुधार गर्ने सहमति जनाएको  छ । नेपाल-चीन सीमा व्यापारका परम्परागत नाकाहरु पुनः चाँडै खोल्न चीन सहमत भएको छ । चेन्ताङ-किमाथाङ्का र रिबु-ओलाङचुङगोला बन्दरगाहलाई खुलाउन सम्वाद जारी राख्न दुवै पक्ष सहमत भएका छन् ।

नेपालको आवश्यकतालाई मध्यनजर गर्दै अरनिको राजमार्गको मर्मतसम्भार आयोजनाको चौथो चरणको काम गर्न र स्याफ्रुबेसी-रसुवागढी राजमार्ग मर्मतको काम चाँडै गर्न पनि चीन सहमत भएको संयुक्त वक्तव्यमा उल्लेख छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend