शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

यात्रु र सवारीसाधनको सहजताको लागि अरनिको बसपार्क आवश्यक छ : अध्यक्ष क्षेत्री

यात्रु र सवारीसाधनको सहजताको लागि अरनिको बसपार्क आवश्यक छ : अध्यक्ष क्षेत्री

८ असोज , काठमाडौं । पूर्व अरनिको यातयात प्रा.लिले जडिबुटीमा निर्माण सम्पन्न गरेको बसपार्क संचालनमा काठमाडौं महानगरपालिका र प्रदेश यातायात मन्त्रालयले अवरोध गरे सशक्त प्रतिकार गर्ने बताएको छ।

पूर्व अरनिको यातायात प्रा.लिका अध्यक्ष केदार क्षेत्रीले काठमाडौं महानगरपालिका , उपत्यका विकास प्राधिकरण , प्रदेश यातायात मन्त्रालय लगायतका निकायलाई जानकारी गराएर बसपार्क निर्माण गर्न थालेको भएपनि अहिले संचालनको अनुमती नदिएको बताए ।

‘सुरुमा त मेयर बालेन शाह आएर बसपार्क निर्माण हुने स्थलको निरीक्षणसमेत गर्नुभएको थियो,बनाउनुहोस भनेर भन्नु भयो तर अहिले संचालनको अनुमति दिनु भएन’ क्षेत्रीले भने ।

उनले मेयर शाहले भनेजस्तो ‘ एक बसपार्क ‘ नीति व्यवहारिक नभएको र सवारी चापको कारण गोङ्गबु बसपार्कले धान्न नसक्ने बताए ।

‘यात्रुहरु र सवारीसाधनलाई सहज र सुविधाजनक हुन्छ भने निजी बसपार्क संचालनको अनुमति दिन किन नहुने ?’ ऊनले सरकारले यसमा अनुगमन गर्न सक्ने बताए ।

पूर्व अरनिको यातयात प्रा.लिले आफ्नै लगानीमा काठमाडौ महानगरपालिका-३२ वडाको जडिबुटीमा सुविधा सम्पन्न बसपार्क निर्माण सम्पन्न गरेको हो । प्रा. लि.ले व्यक्तिगत १४ रोपनी जग्गा भाडामा लिएर अरनिको बसपार्क प्रा.लि दर्ता गरेर  झण्डै १० करोड रुपैयाँको लगानीमा बसपार्क निर्माण सम्पन्न गरेको हो ।

निर्माण सम्पन्न गरेको बसपार्क दशैं अगाडिबाट सञ्चालन ल्याउने गरेर तयारी गरिएको पूर्व अरनिको यातायात प्रा.लिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए । ‘बसपार्क सबै तयार भयो, केही पूर्वाधारको काम मात्रै बाँकी छ, हामी दशैं अगाडिदेखि नै बसपार्क सञ्चालन गर्ने योजनामा छौं’ क्षेत्रीले भने ।

लामो समयदेखि बसपार्क नहुँदा राजधानी पूर्वका काभ्रे, सिन्धुपाल्चोक,दोलखा, रामेछाप,ओखलढुङ्गा , सोलुखुम्बु लगायतका जिल्लामा सञ्चालन हुने सवारी साधन र त्यसमा यात्रा  गर्ने यात्रीहरु समस्यामा थिए । यसअघि पुरानो बसपार्कमा भएको पार्कमा टावर निर्माण सुरू गरेपछि राजधानीपूर्व सञ्चालन हुने बसहरु यत्रतत्र पार्किङ गर्ने गरिएको थियो ।

काठमाडौ महानगरपालिकाले गत असार १ गतेदेखि सबै बसहरु अनिवार्य रुपमा गोगंबु बसपार्कबाटै छुट्ने नियम बनाएपछि अरनिको यातायात अन्तर्गत सञ्चालित कुनै पनि बसहरु गोगंबु गएका छैनन् । गोगंबु जाने निर्णय कुनै पनि हिसाबले व्यवहारिक नै छैन,पुर्व अरनिको यातयातका अध्यक्ष क्षेत्री भन्छन्- महानगरले दुःख दिने उद्देश्यले गोगंबु जाने निर्णय गरेको हो ।’

महानगरपालिकाले अनुमति नदिएपछि दबाब सिर्जना गर्नका लागि अरनिकोलाई राजधानीपूर्वका जिल्लाका ७० बढी स्थानीय सरकारले जडिबुटीमा नै बसपार्क हुँदा यस क्षेत्रका यात्रीहरुलाई सजिलो हुने भन्दै पत्र पठाएका छन् । महानगरपालिकाले चलाउन अनुमति नदिने बुझेपछि पूर्व अरनिकोले वागमती प्रदेश सरकारबाट बसपार्क चलाउनका लागि अनुमति लिनका लागि बागमती प्रदेशका मन्त्री र सासंदलाई समेत बसपार्कको निरीक्षणसमेत गराइसकेको छ ।

जडिबुटीमा निर्माण सम्पन्न भएको बसपार्क नेपालमा सञ्चालनमा भएका बसपार्क मध्ये सबैभन्दा बढी सुविधासम्पन्न भएको अध्यक्ष क्षेत्रीको दाबी छ । बसपार्कमा सबै जिल्लामा सञ्चालन हुने बसहरुको लागि छुट्टा –छुट्टै टिकट काउण्टरको व्यवस्था गरिएको छ ।

डिजिटल र अनलाई भुक्तानीको समेत हामीले बसपार्कको काउण्टरमा सुविधा राखेका छौ क्षेत्रीले भने, ‘घरमै बसेर पनि यात्रुहरुले आफुलाई मनलागेको बसको टिकट काट्न सक्नुहुने छ ।’

बसपार्क भित्र सुविधा सम्पन्न शौचालय,ध्रुमपान क्षेत्र,होटेल, लज यात्रु प्रतीक्षालय,निःशुल्क इन्टरनेट लगायतका बसपार्कमा सबै सुविधा रहेको छ । बसपार्कमा गाढी भित्रने र बाहिरने स्थलमा डिजिटल प्रणालीको जडान गरिएको अध्यक्ष क्षेत्रीले बताए ।

बसपार्कबाट छुट्ने गाडीहरु मनोहरा खोला माथि रहेको पुलमुनिको वैकल्पिक बाटो हुदै लोकन्थलीको मुख्य सडकमा बसहरु निस्कनेछन् ।‘ हामी जडिबुटी क्षेत्रमा हुदै आएको जामलाई पुरै समाधानका लागि पनि यो बसपार्क निर्माण गरेका छौं अध्यक्ष क्षेत्रीले भने ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend