शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

चिनियाँ लगानीकर्ताका लागि नेपाल उचित गन्तव्य : अध्यक्ष ढकाल

चिनियाँ लगानीकर्ताका लागि नेपाल उचित गन्तव्य : अध्यक्ष ढकाल

८ असोज , काठमाडौं । हाल बेइजिङको भ्रमणमा रहेका  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष  चन्द्र प्रसाद ढकालले चिनियाँ लगानीकर्ताका लागि नेपाल उचित गन्तव्य रहेको बताएका छन । नेपाल उद्योग वाणिज्य महासंघ र चिनियाँ व्यवसायीको संस्था सिसिपिआइटीद्वारा संयुक्तरुपमा आयोजित  नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्दै अध्यक्ष  ढकालले चिनियाँ लगानीकर्ताका लागि नेपाल उचित गन्तव्य रहेको बताएका छन । चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार मुलुक रहेको तर पनि चीनतर्फ नेपालको निर्यात अत्यन्त न्यून रहेकाले आगामी दिनमा नेपालको निर्यात बढाउन र यसका लागि चिनियाँ लगानीकर्तालाई बढीभन्दा बढी मात्रामा आकर्षित गर्न अब केही गर्नुपर्ने उनको धारणा थियो ।

नेपालमा हाल लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीले राम्रो प्रतिफल प्राप्त गरिरहेको अवस्थाको अध्ययन गरेर आगामी दिनमा विदेशी लगानीकर्तालाई आकर्षित गर्नुपर्ने दृष्टान्त पनि उनले सो सम्मेलनमा पेश गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीको संस्था सिसिपिआइटीद्वारा आयोजित सो सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालले   चिनियाँ लगानीकर्तालाई नेपालमा आउन  आमन्त्रण गरेका गरेका थिए । यससङ्गै,प्रधानमन्त्री दाहालले तीन महिनाको बीचमा आफ्ना दुई विशाल भूगोल र जनसङ्ख्या भएका छिमेकी देशहरुको भ्रमण गरी त्यहाँका उद्योगी व्यवसायीलाई आग्रह गरेपछि नेपालमा वैदेशिक लगानीको ढोका विगतको भन्दा बढी मात्रामा खुल्ला त ? यो प्रश्न दुवै भ्रमणमा सहभागी नेपाली उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मेलनमा सहभागी पत्रकारले सोधेका थिए ।

ढकाल नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवस्थामा विगतको तुलनामा फरक आउनेमा विश्वस्त छन् । उनले भने, “म जहिले पनि जुनसुकै काम गर्न पनि सकिन्छ, सम्भव छ भनेर सकारात्मक सोच राख्ने मान्छे हुँ, हुन त नेपालमा सरकारले आग्रह गरे जसरी तथा हामीले नै निजी क्षेत्रका तर्फबाट गर्ने गरेका प्रयासअनुरुप नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सकिएको छैन । तर पनि तीन महिनायताका हाम्रा विशाल छिमेकीमाझ हामीले गरेका यी प्रयासको प्रतिफल पक्कै पनि राम्रै प्राप्त हुनेछ । उहाँहरुलाई नेपालमा लगानी गर्न हामीले आग्रह गरेका मात्रै छैनौँ, नेपालमा लगानी गरे मुनाफा प्राप्त हुन्छ भनेर आश्वस्त पनि पारेका छौँ ।”

चिनियाँ लगानीका लागि नेपाल पनि एक विश्वासिलो र अधिक सम्भावनायुक्त गन्तव्य हो भन्ने कुराको पूर्ण विश्वास नेपालले यहाँका लगानीकर्तालाई गराउन सक्नुपर्ने उनको धारणा छ । नेपालमा नीतिगतरुपमा त कुनै समस्या छैन तर पनि विदेशी लगानीकर्तालाई देशभित्रै कतिपय अवरोध खडा नगरी सहज, सरल र स्वागतयोग्य वातावरण निर्माण गर्नु जरुरी रहेको उनको भनाइ छ ।

नेपालमा वैदेशिक लगानी अपेक्षित भित्रिन नसक्नुका कारण यथार्थपरक रुपमा खोज्नुपर्नेमा उनको जोड छ । नेपालमा लगानीको प्रतिबद्धता सुरुमा धेरै आए पनि त्यसअनुरुप नभएर निकै थोरै मात्रामा मात्र प्रत्यक्ष वैदेशिक लगानी आउने गरेकाले देशभित्रै विदेशी लगानीकर्तालाई उचित वातावरण दिन नसकिएको हो या उनीहरुले आफ्नो लगानीको के कस्तो प्रकारको सुरक्षा खोजेका हुन् भन्ने विषयको अनुसन्धान हुनुपर्ने अध्यक्ष ढकालको भनाइ छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend