शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

बाबियाखर्क साकोसको २७औं वार्षिक साधारणसभा सम्पन्न

बाबियाखर्क साकोसको २७औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सत्ताइसौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले यही असोज ६ गते शनिबार बानेश्वरमा उक्त साधारणसभा सम्पन्न गरेको हो।

संस्थाका अध्यक्ष ऋषिराज घिमिरेको सभापतित्व र राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा प्रमुख अतिथि कडेलले जटिल परिस्थितिमा पनि समुदायसङ्ग प्रत्यक्ष जोडिएर सहकारी क्षेत्रले महत्त्वपूर्ण भुमिका निर्वाह गरेकोमा प्रसंशा गरे। संयुक्त राष्ट्रसंघले सन २०३० सम्मको लागि तय गरेको दिगो विकास लक्ष्य हासिल गर्नको लागि प्रत्येक सहकारी संस्थाले योगदान गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा संस्थाका अध्यक्ष घिमिरेले बाबियाखर्क साकोस सहकारीको अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तलाई पालना गरी सदस्य र सामुदायिक सेवालाई हितमा राखी संचालन भइरहेको बताए । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका पूर्वअध्यक्ष , एसियाली ऋण महासंघका समेत पूर्वअध्यक्ष र सहकारी क्षेत्र सुधार कार्यदलका विज्ञ सदस्यसमेत रहेका घिमिरेले यस साकोसमा आवद्ध संचालक , सदस्य र कर्मचारीहरु संस्थाको प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताए ।

साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।

सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।

समिक्षा आर्थिक वर्षमा शेयरपूँजी रु ४,४२,३३,५००/- रहेको सहकारीले यस वर्ष रु. ७७,५१,८५९/- खुद मुनाफा आर्जन गरेको जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend