काठमाडौँ, असोज ६ गते। नेपाल क्रिकेट संघको शुक्रबार काठमाडौंमा सुरु भएको साधारणसभाबाट अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष पदमा भएको निर्वाचनमा चन्द निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेको थियो । क्यानको अध्यक्षमा चन्द पुनः दोहोरिएका हुन् । यसैगरी कोषाध्यक्ष पदमा पदम खड्का निर्विरोध भएका छन् । सो पदमा उनको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै महिला सदस्यमा जयन्ती खड्का निर्विरोध निर्वाचित भएकी छन् ।
साधारणसभा आज शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । सचिव लगायत अरु पदका लागि निर्वाचन जारी छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend