शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

हामीमा देश हाँक्ने संकल्पको अभाव छ: माधव नेपाल

हामीमा देश हाँक्ने संकल्पको अभाव छ: माधव नेपाल

६ असोज , काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालका पुराना  राजनीतिक पार्टी र नेताहरुमा देश हाँक्ने संकल्पको अभाव भएको बताएका छन् ।  असोज ५ गते शुक्रबार सम्पन्न  पार्टी निकट  उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपाललले देश बनाउने भन्दा पनि सत्तामा पुग्ने भावना तलदेखिमाथि सम्म नै व्यक्त भएकाले देशको अवस्था विग्रदै गएको बताएका हुन् ।

राजनीतिक पार्टीहरुले निरंकुश शासन फाल्न र नगारिक अधिकारका लागि महत्वपूर्ण भूमिका खेलेपनि जनताको जनजीवन र देश विकासमा कति आवद्ध भएका छन् भनेर प्रश्न उठ्ने गरेको नेपालले बताए ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले उत्पादन , उद्यम , र राष्ट्रिय पुँजी  निर्माणका लागि एउटा सार्थक हस्तक्षेपको आवश्यकता रहेको औल्याए।

‘उद्योग नगर्ने पुँजीपती र  आफुले नकमाएको खाने अहिलेका राजनीतिकर्मिको कारण देशको अवस्था झन नराम्रो बन्दै जाँदैछ’, महासचिव भुसालले भने।

अधिवेशनले आगामी ३ वर्षको कार्यकालको लागि लंक बहादुर केसीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend