शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एनएमबी बैंक र बुद्ध एअरको   ‘एनएमबी बुद्ध भिसा’ डेबिट कार्ड अनावरण

एनएमबी बैंक र बुद्ध एअरको   ‘एनएमबी बुद्ध भिसा’ डेबिट कार्ड अनावरण

५ असोज , काठमाडौं । एनएमबी बैंक र बुद्ध एअरले  ग्राहकहरुको सहजताको लागि ‘एनएमबी बुद्ध भिसा’ डेबिट कार्ड ल्याएका  छन। असोज ४ गते बिहिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी कार्ड सार्वजनिक गरियो । कार्यक्रममा एनएमबी बैंकका सिइओ सुनिल केसीले डोमेष्टिक एभिएसनमा प्रभाव जमाएको बुद्ध एअरसंग सहकार्य गर्न पाउदा बैंक परिवार गौरवान्वित भएको बताए ।

डोमेष्टिक एभिएशनमा बुद्ध एअरको प्रभाव निकै राम्रो  रहेको भन्दै उनले नयाँ कार्ड लञ्च गर्न पाउदा आभारी भएको जानकारी दिए । यो कार्ड बैंकिङ क्षेत्रमा सम्भव त पहिलो भएको भन्दै सिइओ केसीले आफ्ना ग्राहकलाई फरक खालको सेवा दिन बैंक प्रतिबद्ध रहेको जानकारी दिए ।

यो कार्डमा केही फरक खालका फिचर रहेको जानकारी दिँदै सिइओ  केसीले कुनै कारण फ्लाइट क्यान्सिल गर्न प-यो भने यो कार्ड मार्फत विना चार्ज क्यान्सिलेसन गर्न सकिने जानकारी दिए । त्यसो त कार्ड होल्डरले बुद्ध एअरमा यात्रा गर्दा पाँच केजी सामान अतिरिक्त लान पाउनेछन् भने विभिन्न सन्दर्भमा टिकटमा १० प्रतिशत छुट पनि पाउनेछन् । रोएल मेम्बरसिप कार्ड होल्डरले पाएको सुविधा यो कार्डहोल्डरले पाउने भन्दै सिइओ केसीले जुनसुकै एटिएम मेसिनमा पनि निशुल्क चलाउन पाइने बताए । अन्य कार्ड लिएका ग्राहकका लागि स्वीच गर्ने सुविधा भएको उनले जानकारी दिए।

बुद्ध एअरका अध्यक्ष बिरेन्द्र बहादुर बस्नेतले एनमएबी र बुद्धको सम्बन्ध सिर्जनात्मक बनाउने अभियानमा आफु रहेको जानकारी दिए । यस किसिमको सहकार्य अझ बलियो भएर जाने बताउदै चीनबाट नेपालमा पैसा ट्रान्सफर गर्न समस्या रहेको भन्दै अध्यक्ष बस्नेतले यो कार्ड मार्फत सहज हुने बताए । भारतीयपछि चिनिया पर्यटक नेपाल आउने जानकारी दिँदै उनले त्यसलाई सहजीकरण गर्न यो अभियानले सघाउने भन्दै बैंक र बुद्धएअरविच समन्वय र सहकार्य अझै अगाडी बढ्ने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend