सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

स्टार हस्पिटलले आईपीओ जारी गर्दै

स्टार हस्पिटलले आईपीओ जारी गर्दै

काठमाडौं,असोज ५ गते । स्टार हस्पिटल लिमिटेडद्वारा साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । आश्विन ४ गते आयोजित एक कार्यक्रममा स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

स्टार हस्पिटल लिमिटेडले रु ४० करोड सेयर पूँजी बराबरको रु १००/( अँकित दरको ४० लाख कित्ता शेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । करिब ६९ करोड चुक्ता पूँजी भएको यस हस्पिटल संग २५ प्रतिशत अग्राधिकार सेयर सहित रु ८५ करोड चुक्ता पूँजी रहेको अवस्थामा यो निष्कासन संगै केही संस्थागत लगानीकर्ताहरु, बीमा कम्पनीहरु, प्राइभेट इक्विटी कम्पनीहरु तथा नीजि संस्थागत लगानीकर्ताहरु समेतको गरी चुक्ता पूँजी रु २ अर्ब भन्दा माथि हुने जानकारी गराईएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend