ललितपुर । ध्रुवतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो नवौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष उमेश कुमार पाण्डेको अध्यक्षतामा यही असोज ३ गते बुधबार साझा बैंकेट , ललितपुरमा उक्त साधारणसभा सम्पन्न भएको हो। कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बि उप्रेती , राष्ट्रिय सहकारी बैंकको लगनखेल शाखा प्रमुख रमा घिमिरे , ललितपुर महानगरपालिकाका सहकारी विभागका अधिकृत चिरञ्जीवी पौडेल लगायतको उपस्थिति रहेको थियो ।
साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।
सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।
संस्थाले आर्थिक वर्ष २०७९/०८० मा आफ्ना १८१३ शेयर सदस्यहरूबाट रु २,२७,२३,७००/- (दुई करोड सत्ताईस लाख तेईस हजार सात सय) शेयरपूंजी कायम गरेको छ।
संस्थाले आ. व. २०७८/७९ मा वचत संकलन तथा बचत भुक्तानि गर्दै वर्षको अन्त्यमा कुल निक्षेप जम्मा रु. १८,५०,९८.७४९.०० (अठाह करोड पचास लाख अन्ठानब्बे हजार सात सय उनान्चास रूपैया रहेकोमा र आ. व. २०७९/०८० आर्थिक क्षेत्रमा परेको दवावका कारण वचत संकलन संकलनमा कमि का कारण वर्षको अन्त्यमा कुल निक्षेप जम्मा रु. १५.९६.४२.३०९८८ (पन्द्र करोड छयानब्बे लाख बयालिस हजार तिन सय नौ रूपैया अठासि पैसा कायम रहेको जनाएको छ।
ऋण लगानी तथा कर्जा सापटीतर्फ संस्थाले आ. व. २०७९/८० मा रु. २२,७८,९६,६९२.९२ (बाईस करोड अठहत्तर लाख छयानब्बे हजार छ सय वयानव्ये रूपैया बयानध्ये पैसा रहेको र संचालन आम्दानी रु. ३ करोड ९१ लाख ४५ हजार ७०२ रहेको जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend