शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

अजम्बरी बचत तथा ऋण सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

अजम्बरी बचत तथा ऋण सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

काठमाडौं । अजम्बरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष नुर्बु लामाको अध्यक्षतामा यही असोज ३ गते बुधबार कुशल बैंकेट , बौद्धमा उक्त साधारणसभा सम्पन्न भएको हो।

साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।

सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।

संस्थाको प्रतिवेदनमा जनाइए अनुसार आर्थिक वर्ष २०७९ / ०८० को आषाढ मसान्त सम्ममा संस्थाको कुल सम्पत्ति रु.३३,७८,७०,६०८६३ रहेको छ । सोही अवधिकमा संस्थाले रु.३,८२,८८, ३६३३६ व्याज आम्दानी रु.२३,७०,०५०/०४ सञ्चालन आम्दानी रु.१७,३३,२७३७८ तरल लगानीबाट व्याज आम्दानी र रु ६,१६,७७७१४८ वित्तीय लगानीबाट आम्दानी गरेको छ। खर्च तर्फ रु ३,५८,७७५८०१ ०७ बचत तथा निक्षेपमा ब्याज खर्च, रु ७३,७१,६१८।३६ कर्मचारी खर्च रु ५८,२८,१३३ – प्रशासनिक खर्च भएको छ भने रु ३८४७२३।४१ ऋण नोक्शान खर्चमा थप गरिएको छ ।

शेयर पूँजी तर्फ आर्थिक वर्ष २०७८ / ०७९ को अन्त्यमा रु १,६८,०५,४००/- शेयर पूँजी कायम रहेकोमा गत आर्थिक वर्ष २०७९/०८० को अन्त्यमा रु २,०४,७६,१००/- शेर पूँजी कायम रहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend