सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

एलजी फ्ल्यागसिप शोरुम पुनः सञ्चालनमा

एलजी फ्ल्यागसिप शोरुम पुनः सञ्चालनमा

काठमाडौं। चौधरी ग्रुपअन्तर्गत मिनभवनमा रहेको एलजी ब्राण्डको आफ्नै शोरुम विश्वस्तरिय अपग्रेड पश्चात् पुनः सुरु भएको छ। नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शोरुममा एलजी ब्राण्डका घरायसी विद्युतीय सामाग्रीहरु एलइडी, वासिङ मेसिन, रेफ्रिजेरेटर, डिसवासर, एयर कन्डिसनर, माइक्रोवेभ ओभन र भ्याकुम क्लिनरलगायत अन्य थुप्रै सामाग्री उपलव्ध छन्।

राजधानीको मुख्य व्यापारिक केन्द्र मिनभवनको गोरखा कम्प्लेक्समा सन् २००५ मा स्थापित एलजी ब्राण्डको पहिलो शोरुम हो। अब ग्राहकले दक्ष र अनुभवी ग्राहक प्रतिनिधीबाट त्यहाँ भएका बिद्युतीय सामाग्रीबारे जानकारी लिन सक्ने कम्पनीले जनाएको छ। यो शोरुम हप्ताको सातै दिन बिहान १० बजे देखि बेलुका साढे सात बजेसम्म खुला रहने बताइएको छ।
शोरुम रिओपनिङ्गको अवसरमा विशेष छुटका साथै, फ्री गिफ्ट, सून्य प्रतिशत किस्ताबन्दी र एक्सचेन्ज अफरको पनि सुविधा छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend