काठमाडौं, असोज २ गते । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले निष्कासन गरेको आइपिओ आज बाँडफाँड हुँदै छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज असोज २ गते शेयर बाँडफाँड गर्दै छ
कम्पनीले भदौ २१ देखि भदौ २५ गतेसम्म सर्वसाधारणलाई आइपिओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्कासन गरेको हो।कम्पनीको प्रति कित्ता शेयर मूल्य ५० रुपैयाँ रहेको छ । आईपीओमा आवेदन दिंदा न्यूनतम २० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो ।
शेयर बाँडफाँड हुँदा पनि न्यूनतम २० कित्ताको दरले नै बाँडफाँड हुने छ । कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ ।
नेपाल धितो पत्र बोर्डले असार १७ गते कम्पनीलाई शेयर निष्कासनको अनुमति प्रदान गरेको हो । कम्पनीले आफ्नो शेयरको प्रति कित्ता अङ्कित मूल्य ५० रुपैयाँ कायम गरेको छ । कम्पनीको जारी पुँजी १ अर्ब १७ करोड रहेको छ । आइपिओ निष्कासनपछि कम्पनी चुक्ता पुँजी १ अर्ब १७ करोड पुग्ने छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend