सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

सहस्रधारा बचतको सत्रौं साधारण सभा सम्पन्न

सहस्रधारा बचतको सत्रौं साधारण सभा सम्पन्न

काठमाडौं, असोज १ गते । सहस्रधारा बचत तथा ऋण सहकारी संस्था लि. को वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार महराजगञ्ज काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाका अध्यक्ष बासुदेव ढुंगानाद्वारा प्रस्तुत आ.व. २०७९÷०८० को वार्षिक प्रतिवेदन, संस्थाको भावी योजना, आ.व. २०७९÷०८० को लेखा परिक्षण प्रतिवेदन तथा आ.व. २०८०÷०८१ को अनुमानित आय÷व्यय विवरण, आ.व. २०८०÷०८१ को लागि लेखा परिक्षक नियुक्ती सम्बन्ध, लाभांश वितरण, संस्थाको कार्यक्षेत्र विस्तार, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।
संस्थाको चालु आ.व. मा १ करोड ७३ लाख ६० हजार २ सय रुपैयाँ शेयर पूँजी भएको छ भने निक्षेप १३ करोड ५४ लाख ५ हजार ३ सय ९० रुपैयाँ ६९ पैसाको भएको छ । २ करोड ६९ लाख ६२ हजार ८ सय ७९ रुपैयाँ ५३ पैसा आम्दानी गरेको सो सहकारीले चालु आ.व. मा १७ करोड १९ लाख ९९ हजार ८५ रुपैयाँ ६२ पैसाको कुल कारोवार गर्न सफल भएको छ । कार्यक्रममा संस्थासँग आवद्ध सदस्यका एस.इ.इ मा उत्कृष्ट अंक ल्याउने छोराछोरीहरु तथा अतिथीहरुलाई सम्मान गरिएको थियो भने साधारण सभा संस्थाका अध्यक्ष बासुदेव ढुंगानाको सभापतित्वमा सम्पन्न भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend