काठमाडौं, असोज १ गते । नेपाल छाला जुत्ता उत्पादक संघको १३ औं वार्षिक साधारणसभा आइतबार काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभाको कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश पर्यटन संस्कृति तथा सहकारीमन्त्री पुकार महर्जनको थिए ।
सभालाई सम्बोधन गर्दै मन्त्री महर्जनले पुर्ख्यौली छाला उद्योग व्यवसायलाई राज्यले विशेष रूपमा हेर्नु पर्ने बताए। त्यसैगरी, नेपाल छाला जुत्ता उत्पादक संघका अध्यक्ष हरिराम बोगटीले नेपाली छालाको जुत्ता बलियो र आकर्षक डिजाइन भएको बताए।
सभामा संघका पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको थियो। साधारणसभाको विशेष अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह रहेका थिए। सभामा घरेलु तथा साना उद्योग विभागका प्रमुख मेघनाथ रिजाल, राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुकुटी, नेपाल चेम्बर अफ कमर्सका कार्यकारी सदस्य सन्तोष पाण्डे लगायतको उपस्थिति रहेको थियो नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्ष हरिराम बोगटीकोअध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend