शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

आर्जन सहकारीद्वारा आठ प्रतिशत लाभांश प्रदान

आर्जन सहकारीद्वारा आठ प्रतिशत लाभांश प्रदान

३१भदौ, ललितपुर। ललितपुरस्थित कुमारीपाटीमा सञ्चालनमा रहेको आर्जन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ। भदौ ३० गते शनिवार सम्पन्न संस्थाको १४ औं साधारणसभाले गत आर्थिक वर्ष ०७९/०८० को वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गर्दै सो लाभांश प्रस्ताव पारित गरेको हो।

आर्जन बचत तथा ऋण सहकारीका अध्यक्ष प्रविण सुवेदीको सभापतित्व र राष्ट्रिय सहकारी बैंकका संचालक रमा घिमिरेको प्रमुख आतिथ्य उक्त साधारणसभा सम्पन्न भएको हो।

समिक्षा आर्थिक वर्षमा शेयरपूंजी रु. ३ करोड ३९ लाख ६७ हजार ९ सय पुगेको संस्थाले यस वर्ष रु. २२ करोड ३६ लाख २ हजार २४ र कर्जा लगानी २३ करोड २१ लाख ७ हजार ३०० रहेको प्रतिवेदनमा जनाएको छ। संस्थाको आयकर पछिको खुद नाफा रु. १ करोड ४ लाख ३८ हजार ५०७ रहेको छ। सहकारीले विश्वसनीय र स्तरीय सेवा दिनको लागि कुल कारोबार रकमको आधारमा तरलताको लागि रु. ५ करोड २५ लाख ५५ हजार ३९४ राखिएको बताएको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend