सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गैरआवासीय नेपाली संघको अध्यक्षमा महेश कुमार श्रेष्ठको उम्मेदवारी

गैरआवासीय नेपाली संघको अध्यक्षमा महेश कुमार श्रेष्ठको उम्मेदवारी

३० भदौ, काठमाडौं। गैरआवासीय नेपाली संघको नेतृत्वको लागि महेश कुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका श्रेष्ठले भदौ २९ गते शुक्रबार  ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका हुन् । गैरआवासीय नेपाली संघको अर्को महिनामा हुन गइरहेको महाधिवेशनले अन्तर्राष्ट्रिय समितिको नेतृत्व निर्माण गर्नेछ ।

उक्त पत्रकार सम्मेलनमा श्रेष्ठले सबल, साझा र एकतावद्ध एनआरएनए बनाउँने प्रमुख उद्देश्य र प्राथमिकतासहित ५ रणनीति र २५ योजनासमेत सार्वजनिक गरेका छन् ।

उनले २ वर्षको कार्यकालका लागि तयार गरिएको ठोस कार्ययोजनाहरुलाई समयमा नै पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

उनले भने, ‘सबल, साझा र एकतावद्ध एनआरएनए परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए बनाउँने मेरो प्रमुख उद्देश्य र प्राथमिकता हुनेछ । म पद र प्रतिष्ठाभन्दा पनि संघलाई ठोस योगदान दिने उद्देश्यले सक्रिय हुदैँ आएको छु । आगामी २ वर्षको कार्यकालमा मैले गर्ने कामलाई ५ नीतिगत प्राथमिकतामा विभाजन गरि ठोस कार्ययोजनाहरु प्रस्तुत गरेको छु । यी कार्ययोजनाहरु समयमा नै पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु । ’

एनआरएनएको ११ औं महाधिवेशन आगामी अक्टोबर महिनामा काठमाडौंमा हुने मिति तय गरिएको छ ।
श्रेष्ठले गैर आवासीय नेपालीको हकहित, विदेशमा रहेका नेपाली श्रमिकहरुको अधिकार, नेपालको समृद्धि र विकासमा गैर आवासीयनेपाली संघ (एनआरएनए) लाई संस्थागत गर्ने, विश्वभर रहेका नेपालीका समस्याको समाधान र युवाहरुलाई एनआरनएमा जोड्ने रणनीतिक योजनाका साथ उम्मेद्वारी घोषणा गरेका हुन् ।

कायचु युर्निभर्सिटी टोकियोबाट पीएचडी गरिरहेका श्रेष्ठले एनआरएनएको पदाधिकारी भएर सफल नेतृत्व गरिसकेका छन् । जापानमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको अध्यक्ष तथा सिइओ, तोनानकम्पनी लिमिटेडको अध्यक्ष र सिइओ, जेएन कृषि कम्पनी लिमिटेड साथै सिटी ट्राभल एन्ड टुर कम्पनीमा उनी निर्देशक रहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend