शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

क्याथफोर्ड इन्टरनेशनलमा बिबिए प्लस र बिबिएम प्लस कोर्स

क्याथफोर्ड इन्टरनेशनलमा बिबिए प्लस र बिबिएम प्लस कोर्स

२७भदौ , काठमाडौं । क्याथफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्टले त्रिभुवन विश्वविद्यालयको बिबिए र बिबिएमको कोर्षमा नै केन्द्रित भई नेपालमा पहिलोपटक बिबिए प्लस र बिबिएम प्लस ल्याएको छ ।

यही भदौ २६ गते मंगलबार ललितपुरमा एक कार्यक्रम गर्दै उक्त कोर्ष ल्याएको घोषणा गरेको हो ।
उक्त कार्यक्रममा बोल्दै कलेजका प्रध्यानाध्यपक राजेन्द्र पोखरेलले यो विषयले विद्यार्थीको भविष्य उज्वल बनाउँन थप प्रेरित हुँने बताएका छन् ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्माले ४८ प्रतिशत विद्यार्थी व्यवस्थापन विषयमा अध्ययनरत भएको जानकारी दिए । म्यानेजमेन्ट शिक्षा विश्वकै लोकप्रिय विषय रहेको दावी गर्दै उनले भने ‘तपाईहरु इन्जिनियरिङ् पढ्नुस् या डक्टर बन्नुस् तपाईलाई अन्तिमा तपाईलाई मेनेजमेन्टकै डिग्री चाहिन्छ’ ।

नबिल बैकका डेपुटी सिईओ मनोज ज्ञवालीले अहिलेको जमाना भनेको रिलेशनको आधारमा चल्ने जमना भएको बताउदै उनले समयसँगै सबै परिवेश बदलिएको उदहारण दिए । ‘भगवान पुशपतिनाथले समेत क्युआरबाट चन्दा लिन थालिसकेका छन्’ उनले भने । परिक्षामा नंम्बर ल्याउँनका लागि मात्रै पढेर नहुने भन्दै क्षमता विकासका लागि कलेज सुरु भएकै दिनदेखी लाग्न सुझाब दिए ।

उक्त समारोहमा नेपालका प्राज्ञिक क्षेत्र र निजी क्षेत्रका व्यक्तित्वहरु, विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागीता रहेको थियो ।यस्तै कार्यक्रममा व्यवस्थापन संकायका डिन, प्रोफेसर डाक्टर डिल्ली राज शर्मा, त्रिभुवन विश्वविद्यालय कार्यकारी समिति सदस्य प्रोफेसर डाक्टर महानन्द चालिसे, ई सेवाका सिइओ श्री जगदीश खड्का, नेपाल बैक लिमिटेडका सहायक सिइओ मनोज ज्ञवाली र प्राज्ञिक र औद्योगीक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend