सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भृकुटीमण्डपमा सवारीसाधन महोत्सव “नाडा अटो शो”

भृकुटीमण्डपमा सवारीसाधन महोत्सव “नाडा अटो शो”

२७ भदौ ,काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सवारीसाधन महोत्सव “नाडा अटो शो” सुरु भएको छ । भदौ २६ गतेदेखि ६ दिनसम्म चल्ने प्रदर्शनीमा चार पाङ्ग्रे १६ र दुई पाङ्ग्रे २२ ब्रान्डको सहभागिता रहेको छ ।

अटो शोमा ठूला तथा साना गरी करिव १२० स्टल र ब्लकहरु रहेका छन् । तीन बर्ष रोकिएको नाडा अटो शोमा अधिकांशले नयाँ मोडल सार्वजनिक गरेका छन् ।

मेला उदघाटन गर्न पुगेका अर्थमन्त्री प्रकाशशरण महतले मेलामा सहभागी अटोमोवाइल व्यवसायीका नयाँ प्रोडक्टहरुको पनि लन्च गरेका थिए । आर्थिक मन्दीका कारण समग्र क्षेत्रमा सुस्तता आएको बेला यो मेलाले थोरै भए पनि आर्थिक गतिविधि बढाउन सहयोग गर्ने आशा लिइएको छ ।

छ दिनुसम्म चल्ने जनाइएको मेलाले तीन बर्षसम्म अटोमोवाइल मेला हेर्न नपाएका ग्राहक तथा अवलोकनकर्तादेखि सुस्त व्यवसायका कारण निराश बन्दै गएका अटोमोवाइल व्यवसायीमा केही उत्साह र उर्जा पलाउने देखिन्छ । यद्यपि गाडी खरीदमा बैंकहरुले दिने कर्जामा नेपाल राष्ट्र बैंकले गरेको कडाईबाट भने अटोमोवाइल व्यवसायी मात्रै नभएर ग्राहकहरु समेत रुष्ट छ्न् ।

यस पटकको मेलालाई शीर्ष प्रायोजक टाटा मोटर्स जेन्युन आयलले गरेको छ भने सह प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी छ । बीस अर्ब बराबरको कारोबार हुने अपेक्षा गरिएको यस पटकको नाडा अटो शोमा विभिन्न ब्राण्डले थुप्रै नयाँ मोडलहरु लन्च गरेका छन् ।

चाडपर्व नजिकिँदै गर्दा आयोजना हुने नाडा अटो शोले दशैं तिहार आउन लागेको संकेत पनि गर्छ । साथै, गाडीका पारखीहरुलाई नयाँ मोडलका गाडी किन्न, सट्टापट्टा गर्ने, विशेष छुट सुविधाको उपयोग गर्न पनि यो अवसर बन्ने गर्दछ ।

यस पटकको मेलामा १२० स्टलहरु रहेको आयोजकले जानकारी दिएको छ । दुई पाँग्रे र चार पांग्रे सवारी साधन मात्रै नभएर लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता रहेको मेलामा १६ ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङ्ग्रे, सात वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, नौ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं अन्य उपकरण कम्पनीहरुको सहभागिता रहेको छ । न्यूनतम् १४ लाखदेखि करोडौं मूल्यका गाडीहरु राखिएको नाडा अटो शोमा विद्युतीय गाडीहरुको पनि उत्तिकै आकर्षण रहेको छ ।

नाडा अटो शोमा प्रवेश टिकटको मूल्य दुई सय रुपियाँ तोकिएको छ । विद्यार्थीहरुका लागि भने प्रवेश शुल्क १५० रुपियाँ मात्रै कायम गरिएको छ । प्रदर्शनीस्थलमा पार्किङका लागि ठाउँ नपुग्ने भएकाले एशोसियनले काठमाडौं मल, सैनिक कल्याणकारी कोष भवन, पूरानो बसपार्कमा पार्किङको व्यवस्था गर्दै उनीहरुलाई प्रदर्शनीस्थलसम्म आउन दिनभरी नै निःशुल्क सटल बसको वयवस्था गरिएको छ ।

महोत्सवको उद्घाटन समारोहमा बोल्दै नेपाल अटो मोबाइल एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष धुर्व थापाले सवारीसाधन विलासको वस्तु नभएर दैनिक आवश्यकता भएको बताएका छन् । उनले भने, ‘अटोमोबमईल क्षेत्र व्यवसायीक रूपमा परिवर्तन भएको छ । देशमा अहिले विभिन्न ऐसेम्बल पलान्टपनि खुल्न थालेका छन् । अटो क्षेत्रले देशको भन्सार राज्श्वमा २१ प्रतिशत सहयो गरेको छ । ४० प्रतिशत व्यापार क्षेत्रमा सहयोग गरेको छ ।’

देशको आर्थिक अवस्थामा सुधार आए अटो व्यवसाय फस्टाउने उनले बताए । सरकारले अटोमोबाईल ऐन बनाए अटोमोबाईल विकासमा कोशे ढुंगा सावितहुने उनले बताए ।

थापाले ७ नेपालीले प्रतिशत दुई पाङ्ग्रे र १ प्रतिशत मात्र कार प्रयोग गर्ने र यो प्रयाप्त नभएको बताए ।’सरकारले हरेक आर्थिक वर्षमा करको दर परवर्तन गर्दा व्यवसायी मारमा परेका छन । चार्जिङ स्टेशन प्रयाप्त मात्रामा छैन । विद्युत खपतमा दक्षिण एसियामा नेपाल अग्रस्थानमा छ तर पनि विद्युतिय गाडीको व्यवसाय फस्टाउन सकेको छैन । यसको लागि छुटै निति तथा ऐन बनाउनु पर्ने छ ।’,उनले भने।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend