शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

डल्फिन बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः अर्याल

डल्फिन बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः अर्याल

ललितपुर । डल्फिन बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा लक्ष्मी नारायण अर्याल पुनः निर्वाचित भएका छन। सहकारीको यही भदौ २३ गते सम्पन्न साधारणसभाले आगामी ४ वर्षको कार्यकालको लागि नयाँ संचालक समिति र लेखा सुपरिवेक्षण समितिको सर्वसम्मत चयन गरेको हो।

संस्थाका अध्यक्ष अर्यालको सभापतित्व र बागमती प्रदेश सरकारका नीति तथा योजना विभागका सचिव बलराम निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आ.व.को लेखापरीक्षण प्रतिवेदन , र अन्य आर्थिक विवरणहरु पनि सभाबाट पारित भए।

संस्थाले समिक्षा आर्थिक वर्षको संचित मुनाफाबाट शेयर सदस्यहरुलाई १६.४८% नगद लाभांश प्रदान गरेको छ।

सहकारीको उद्देश्य अनुरुप आधुनिक सुविधा सम्पन्न वित्तीय कारोबार गर्दै संस्थाको कार्यक्षेत्र , सदस्य संख्या र शेयर पूंजी वृद्धि गर्ने सहकारीले जनाएको छ। संस्थाको विविध संचित कोषबाट कार्यालय भवन निर्माणको लागि कुपनण्डोलमा ३३ आना जग्गा खरिद गरिएको पनि संस्थाले जनाएको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend