सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले गरे कडा आन्दोलनको घोषणा

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले गरे कडा आन्दोलनको घोषणा

खबरब्रेकिंग,काठमाडौं, भदौ २५ गते । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले कडा आन्दोलनको घोषणा गरेका छन् । काम गर्ने वातावरण नभएको र माग सुनुवाई नभएको भन्दै सेवा ठप्प पार्ने सम्मको चेतावनी दिएका हुन् ।

आइतबार पनि कर्मचारीहरुले पेन डाउन गरेर विरोध जनाएका हुन् र आगामी भदौ २५ र २६ गते कार्यालयको जाँचपास शाखामार्फत हुने निकासी, पैठारीसम्बन्धि सम्पुर्ण कार्य पुर्णरुपमा बन्द गर्ने घोषणा गरेका छन् ।

भदौ २७ गतेभित्र अघि सारेको ७ बुंदे माग सम्बोधन नभए कार्यालयको यात्रुजाँचपास शाखाबाट हुने कार्यहरुसमेत बन्द गर्ने चेतावनी कर्मचारीहरुले दिएका छन् । केही समय अघि नै कर्मचारीहरुले सामुहिक राजीनामा दिइसकेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend