प्रा डा अञ्जनीकुमार झा
खबरब्रेकिंग,काठमाडौं,भदौ २१ गते । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा डा अञ्जनीकुमार झा नियुक्त भएका छन् । आज बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले झालाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले झालाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिइन् । आयोगको उपाध्यक्षको नाम सिफारिस गर्न गठित सिफारिस समितिले आयोगको उपाध्यक्ष पदको लागि प्रा डा अञ्जनीकुमार झा, डा प्रविण मिश्र र डा श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend