सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नव निर्माण बहुउदेश्यीय सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा हरि राम जोशी

नव निर्माण बहुउदेश्यीय सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा हरि राम जोशी

नव निर्माण बहुउदेश्यीय सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा एक कार्यक्रम गरी सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारी देशको अर्थतन्त्रको मेरुदण्ड भएको बताए ।

अरु देशमा जस्तै नेपालमा पनि सहकारीको बाध्यमबाट देशको बिकास गर्न सकिने भन्दै छोटो समयमा नव निर्माण सहकारीले गरेको प्रगतीको प्रशंसा गरे । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामशरण घिमिरेले नवनिर्माण सहकारीले राम्रो प्रगती गर्ने सफल भएको भन्दै आगामी दिन अझ फड्को मार्ने सफलताको शुभकाना दिए ।

ललितपुर सहकारी संघका उपाध्यक्ष रामशरण बस्नेतले सहकारी राम्रो बनाउन सवै सदस्यहरु पनि चनाखो हुन आवश्यक रहेको भन्दै सहकारीले देशको आर्थिक क्षेत्रमा खेलेको भुमिका महत्वपूर्ण रहेको बताए ।
साथै साधारण सभाले नयाँ संचालक समिती चयन गरेको छ ।

अध्यक्षमा हरि राम जोशी, उपाध्यक्षमा शोभा कान्त पौडेल, सचिवमा प्रमोद नेपाल, ,कोषाध्यक्षमा बद्री प्रसाद अधिकारी , संचालनक सदश्यहरुमा नारायण नेपाल,शोमराज अधिकारी, राजु तिमल्सिना, लेखा संयोजकमा अनन्त नेपाल, लेखा समिती सदश्यमा प्रकाश गौतम , आसा कुमारी श्रेष्ठ रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष हरि राम जोशी, नवनिर्माण सहकारीलाई अझ सशक्त रुपमा अगाडी बढाउने बताए । साधारण सभाको अवसरमा नवनिर्माण सहकारीले उत्कृष्ट कर्मचारी लगायत बिभिन्न व्यक्रित्वहरुलाई सम्मान समेत गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend