मलेसियामा विषाक्त रक्सी सेवनबाट ज्यान गुमाउने नेपाली कामदारको संख्या ७ पुगेको बताईएको छ । मलेसियास्थित नेपाली दुतावासले जनाएअनुसार मदिरा सेवनबाट मृत्यु हुनेको संख्या पुगेको जानकारी दिएको छ । मृत्यु हुनेहरुमा बसेरी–३ धादिङका विवश घले भनिने मिम बहादुर घले, मसिना–६, रुपन्देहीका राम कुमार यादव, अमरगढी–५ डडेलधुराका विशाल बुढाथोकी, पश्चिम कुशाहा– ९, सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का–९ इलामका बलबहादुर कुलुङ र ठेगाना नखुलेका आइतसिंह गोले सर्लाही र दुगासिंह राना नवलपरासी रहेका छन् ।दुर्गा सिंह रानाको आज मृत्यु भएको हो । दुतावासका अनुसार १२ जना उपचाररत रहेको र ५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend