नेपाल निर्माण व्यवसायी महासंघको अधिवेशन नजि“किर्दै जा“दा अध्यक्षमा चार जनाले दाबी गरेका छन् । महासंघको अध्यक्षमा बर्तमान महासचिव रामशरण देउजा, महासंघका सल्लाहकार यक्षध्वज कार्की, हुमनाथ कोइराला, रवी सिंह लगाउतले अध्यक्षको दावी गरेका छन् ।
महासंघका महासचिव रामशरण देउजाले निर्माण व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउने आफ्नो योजना कार्यान्वयनका लागि आफूले अध्यक्षमा उम्मेवारी दिने बताए । महासंघका सल्लाहकार यक्षध्वज कार्की निर्माण व्यवसायलाई मर्यादित ,सुदृढ बनाउन आफूले उम्मेदवारी दिने उनको भनाई छ ।
अध्यक्षका अर्का दाबेदार हुमनाथ कोइरालाले निर्माण व्यवसायीका साझा कार्यसूचीलाई प्रभावकारीरूपमा लागू गर्न आफूले उम्मेदवारी दिने बताउ“छन् । अघिल्लो महाधिवेशनमा अध्यक्षमा पराजीत रवी सिंहले निर्माण व्यवसायमा विगतदेखि नै आफ्नो स्वच्छ छवि भएको दाबी गर्दै निर्माण व्यवसायमा कुनै प्रकारको राजनीति हुन नदिने बताए । महासंघको २०औँ अधिवेशन आगामी असोज ४ देखि ६ गतेसम्म राजधानीमा हुँदैछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend