काठमाडौं, १३ असोज । बुधबार काठमाडौंको कमलपोखरीमा रहेको अति व्यस्त मल सिटी सेन्टरमा फरक दृश्य देखियो । सपिङका लागि आएका मान्छेहरूलाई पनि अनौठो भइरहेको थियो । प्रसंग थियो मलमा सपिङ गर्न आएका सयौं मान्छेहरूको भीडमा विश्व कीर्तिमानी गीतकार तथा उपन्यासका डा डीआर उपाध्यायको नयाँ एल्बम ‘ईशा’ सार्वजनिक कार्यक्रम ।
मलमा ग्राहकको भिडभाडबीच गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणि देवकोटाका प्रमुख आतिथ्यतामा डा। उपाध्ययाको ४५ वटा गीतको भिडियो कलेक्सन रहेको एल्बम ‘ईशा’ लोकार्पण गरिएको छ । एल्बमलाई प्रमुख अतिथि देवकोटासहित सर्जक डा।उपाध्याय, सञ्चारकर्मी तुलसी गिरी, भोला अधिकारी, शुभाष प्रधान, निरज दाहाल, सिडी डिजाइनर रमेश थापा, यमबहादुरलगायतले लोकार्पण गर्नुभएको थियो ।
समारोहमा प्रमुख अतिथि देवकोटाले सर्जक उपाध्यायले आफ्ना सिर्जना श्रोतारदर्शकमाझ ल्याउदा सधैं अलगअलग र पृथक तरिका अपानाउँदै सार्वजनिक गर्ने क्रममा सिटी सेन्टरमा मलमा पनि पृथक तरिकाले सार्वजनिक गरेको बताउँदै उहाँलाई बधाई तथा शुभकामना दिनुभयो । उहाँले भन्नुभयो, ‘आफ्ना सिर्जनालाई सधैँ पृथक तरिकाले सार्वजनिक गर्नुहुने डा उपाध्यायले ‘ईशा’ एल्बम पनि फरक ढंगले सार्वजनिक गर्नुभएको छ । उहाँले नेपाली गीतसंगीतको फाँटमा अझ धेरै सिर्जना पस्किन सक्नुहोस् शुभकामना दिन चाहन्छु ।’
यस्तै कार्यक्रममा पत्रकार तुलसी गिरीले डा उपाध्यायले फरक शैलीका कार्यले गर्दा नै यसअघि गीतसंगीत तथा विविध क्षेत्रमा ११० कीर्तिमान राख्न सफल भएको बताउँदै उहाँलाई बधाई तथा शुभकामना दिनुभयो । यस्तै अन्य अतिथिले पनि नयाँ कार्यका लागि साथै उहाँको नयाँ एल्बमका लागि बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रममा कीर्तिमानी गीतकार डा उपाध्यायले आफूले आफ्ना सिर्जना हरेक समय फरक तरिकाले प्रस्तुत गर्ने र त्यसलाई सार्वजनिक पनि फरक तरिकाले गर्दै आएकोमा यो एल्बम पनि मलमा ठूलो संख्यामा ग्राहकबीचमा विमोचन गरिएको बताउनुभयो ।
गीतसंगीत तथा विविध विधामा ११० विश्व कीर्तिमान गर्नुभएका डा उपाध्यायका १४ उपन्यास पाठकमाझ आएका छन् भने सयौं फरकफरक शैलीका गीत श्रोतारदर्शकमाझ आएका छन् । उहाँको पछिल्लो उपन्यास कृति ‘कशुर’ केही समयअघि लोकार्पण गरिएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend