सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मूल्य बृद्धि र कृतिम अभावका बेला कर्पोरेशनले पुरयाएको सेवामा उद्योग मन्त्री गरे प्रसंशा

मूल्य बृद्धि र कृतिम अभावका बेला कर्पोरेशनले पुरयाएको सेवामा उद्योग मन्त्री गरे प्रसंशा

साल्ट ट्रेडिङ्घ कर्पोरेशनले ५६ र्औ वार्षिकोत्सव एक कार्यक्रम गरी सम्पन्न गरेको छ । कार्यक्रमका   प्रमुख अतिथी  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले साल्ट ट्रेडिङ्घ कर्पोरेशनले आफनो उदेश्य अनुसार अगाडी बढेको बताउ“दै आगामी दिनमा पनि उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य बस्तु उपलब्ध गराउन निरन्तर प्रयत्नशील हुन निर्देशन दिए ।

मन्त्री यादवले बजारमा देखिएका मूल्य बृद्धि र कृतिम अभावका बेला साल्ट ट्रेडिङ्घ कर्पोरेशनले उपभोक्तालाई पुरयाएको सेवामा प्रसंशा समेत गरे । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं साल्ट ट्रेडिङ्घ कर्पोरेशनका संचालक समितिका सदस्य नवराज ढकालले कर्पोरेशनले आफनो दायित्व निर्वाह गरेकोमा आभार व्यक्त गर्दै उदेश्य अनुसार अगाडी बढने बताए ।

संचालक समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति लक्ष्मीदास मानन्धरले साल्ट ट्रेडिङ्घ सार्वजनिक निजी साझेदारीको नमूनाको रुपमा काम गर्दै आएको बताउदै संस्थाले बिभिन्न कठिनाईको सामना गर्दै एउटा सुनौलो इतिहास निर्माण गर्न सफल भएको बताए । अध्यक्ष मानन्धरले कर्पोरेशनले नेपाल सरकारको नीति निर्देशनलाई पूर्ण रुपमा पालना गरी बजारमा दैनिक उपभोग्य बस्तुको कमी हुन नदिन हर प्रयासले आपूर्ति सहज बनाउर्दै आएको जानकारी दिए ।

स्वागत भाष्ण गर्दै कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले नेपाल सरकारले तय गरेको निति नियम भित्र रही कर्पोरेशनले आपूर्ति र वितरण क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताईन् । उनले राजनितीक परिवर्तन संगै सबै प्रदेशलाई लक्षित गरी आफनो कार्य क्षेत्र र सेवा बिस्तार गर्दै जान थालेको बताउदै देशको अर्थतन्त्रमा कृषिको महत्त्व अंगीकार गर्दे मल बिक्री बितरण गर्दै आएको बताईन् ।

साथै उनले नेपालमा अव आयोडिनको कमीले हुने कुनै पनि रोग नलाग्ने अवस्था आएको बताईन् । कर्पोरेशनले मानव समाज आश्रम चितवनलाई असहाय बालबालिकाको हितमा सक्रियतापूर्वक योगदान पुरयाए बापत यस बर्षको बालहतिकारी पुरस्कार प्रदान गरेको छ ।

यसै गरी कर्मचारीका छोरा छोरी मध्ये एस ई ई परीक्षामा उत्कृष्ट नम्बर ल्याउने छात्र तर्फ विवेक प्रसाईलाई र छात्रा तर्फ उत्कृष्ट अंक ल्याउने सुश्री श्रीद्धा महर्जनलाई छात्रवृत्ति प्रदान गरियो । साथै राम्रो सेवा प्रदान गर्ने कर्मचारीहरुलाई पनि उत्कृष्ट सेवा पुरस्कार प्रदान गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend