सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

घडेरी कीर्ते गरेर बेचबिखन प्रकरणमा मालपोत कार्यालय चाबहिलका ४ कर्मचारी पक्राउ

घडेरी कीर्ते गरेर बेचबिखन प्रकरणमा मालपोत कार्यालय चाबहिलका ४ कर्मचारी पक्राउ

काठमाडौं– पैसा कमाउने नाममा मानिसले बिभिन्न खाले धन्दा गर्ने गर्छन् । कतिले बैधानिक रुपमा काम गर्ने गरेको पाइन्छ भने कतिले अवैधानिक रुपमा भए पनि पैसा जम्मा गर्ने काम गरेको देख्न पाइन्छ । यस्तै मालपोत कार्यालय चाबहिलका मालपोत अधिकृतसहित ४ कर्मचारी पक्राउ परेका छन् । काठमाडौंको बुढानीलकण्ठमा रहेको एक व्यक्तिको घडेरी कीर्ते गरेर बेचबिखन गरेको प्रकरणमा मालपोत कार्यालय चाबहिलका ४ कर्मचारी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मालपोत अधिकृत खगेन्द्र अर्यालसहित नायव सुब्बा रघुनाथ तिमल्सिना, रञ्जन कुमार खरेल र जमुना कुमारी श्रेष्ठ रहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend