काठमाडौं २९ भदौं। सरकारले सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा सहसचिव तारानाथ अधिकारीलाई पठाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमातहतको विभागमा अधिकारीलाई ल्याएका हुन् ।
अधिकारी भदौ ५ गते मात्रै पर्यटन विभागको महानिर्देशकबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएका थिए । अधिकारीले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई वर्ष काम गरेका थिए ।
यसअघि सम्पत्ति शुद्धीकरण विभागमा रहेका प्रेमप्रसाद भट्टराईलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।
भट्टराई हाल सिंगापुरमा रहेका छन् । उनी गैरकानुनी आम्दानी र स्रोतमाथि नियन्त्रण गर्न भइरहेका प्रयासबारेको गोष्ठीमा सहभागिताका लागि त्यहाँ गएका हुन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend