सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बृद्धभत्तामा गल्दै सरकार, पुरक बजेट ल्याएरै भए पनि भत्ता बढाउने तयारी

बृद्धभत्तामा गल्दै सरकार, पुरक बजेट ल्याएरै भए पनि भत्ता बढाउने तयारी

मुकुन्द गैरे
बिभिन्न पार्टीका चुनावी घोष्णा पत्रमा बृद्धभत्ता बढाउने कुरा बडो प्राथमिकताका साथ राखियो । त्यही बृद्धभत्ताको नाराले धैरेले चुनाव पनि राम्रै संग जिते । खास गरी तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको लागी राम्रै मसला बन्यो । त्यसैले नै होला उनीहरुले देशै भरी बाट भारी मतका साथ दुई तिहाईको हाराहारी सिट जित्न समेत सफल भए । जसको फलस्वरुप यी दुई पार्टी एक भएको अवस्था पनि छ ।

अहिले सरकार बामपन्थी पार्टीको अर्थात नेकपाको रहेको अवस्था छ । चुनावी ताका बृद्धभत्ता २ हजार बाट ५ हजार पुरयाउने भने पनि सरकारमा पुगे पछि यो कुराले खासै प्राथमिकता पाएन । सरकारले बजेट ल्याए संगै बृद्धभत्ता नबढाएको बिषय अहिले देश भर असन्तुष्टीको बिषय बन्न पुगेको छ । गुनासाका पोकाहरुलाई थेग्न नसके पछि सरकार पुरक बजेट ल्याएरै भए पनि बृद्धभत्ता बढाउने तरखर गरेको छ ।

वजेटमा बृद्धभत्ता नबढाए पछि चर्काे जनगुनासो बढेको भन्दै बृद्धभत्ता बढाउनकै लागि पनि पुरक वजेट ल्याउने गरी छलफल अर्थमन्त्रालयमा भएको छ । पुरक वजेटका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डले पनि छलफल गरेका छन् । नेकपा अध्यक्ष प्रचण्डले देशका बिभिन्न ठाउमा पुग्दा वजेटमा बृद्धाभत्ता नबढाएकोमा चौतर्र्फी आलोचना भएको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका छन् ।

पुरक वजेटबारेको छलफल पुरानै भएको भन्दै प्रचण्डले जनगुनासो सम्बोधन गर्ने विकल्पका रूपमा ल्याउने गरी छलफल भएको बताएका छन् । पुरक वजेट जरुरी ठानिए सरकारले ल्याउन सक्ने अध्यक्ष प्रचण्डको भनाइ छ । साथै अर्थमन्त्रालयको स्रोतका अनुसार पुरक बजेट ल्याएर भए पनि बृद्धभत्ता बढने देखिएको छ । तर कति प्रतिशत बढने भन्नेमा भने अहिले नै भन्न नसकिने अवस्था रहेको अर्थमन्त्रालय स्रोतले बताएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend