ललितपुरको ताल्छिखेलमा अवस्थित आयाम बचत तथा ऋण सहकारी संस्थाले छैठौ बार्षिक साधारण सभा एक कार्यक्रम गरी सम्पन्न गरेको छ । साधारण सभा कार्यक्रममा बोल्दै बिभिन्न सहभागी बक्ताहरुले आयाम सहकारीले ललितपुर जिल्ला मै छोटो समयमा उदाहरणीय काम गरेको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी राष्टिय सहकारी बैंकका प्रबन्ध संचालक केवी उप्रेदीले आयाम सहकारीले सरकारी ऐन नियम कानुन अनुसार रहेर छोटो समयमा राम्रो काम गरेको भन्दै आयामलाई अझ सफलताको बाटोमा अगाडी बढन शुभकामना व्यक्त गरे । उप्रेदीले राज्यको लक्ष्य पुरा गर्न सहकारीले काम गरेको भन्दै सरकारले सहकारीको लागी पनि समय अनुकुल ऐन नियम बनाउनु पर्नेमा जोड दिए । प्रबन्ध संचालक उप्रेदीले प्रदेशमा सहकारी ऐन बन्दै गरेको अवस्थामा संघीय ऐन बाध्न हुन नहुने बताए । साथै नेपाल भरी रहेका सहकारीलाई राष्टिय सहकारी बैंकले पूर्ण रुपमा सहयोग गर्ने समेत आश्वासन दिए ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामशरण घिमिरेले आयाम सहकारीले ललितपुर जिल्लाकै नमुना सहकारीको रुपमा चिनाउन जर्मको गरेको भन्दै आगामी दिनमा अझ प्रगतीको लागी सफलताको शुभकाना दिए । चण्डेनी मण्डन साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष एबम यूवा पत्रकार सुमन नेपालले आयाम सहकारीलाई सफलताको शुभकामना दिर्दै चुनौतीका बाबजुत पनि यो सहकारीले धेरै उधमी बनाउनमा सफल भएको भन्दै प्रशंसा गरे । अध्यक्ष नेपालले बर्तमान सरकारले ल्याएको समृद्ध नेपाल सुखी नेपालीु भन्ने नारा लाई सवै पक्षले सहयोग गर्नु पर्ने आबश्यकता रहेको भन्दै सहकारी क्षेत्रले पनि सहयोग गर्नु पर्नेमा जोड दिए ।

ललितपुर सहकारी संघका उपाध्यक्ष रामशरण बस्नेतले केही सहकारीको गल्तीले सबै सहकारीको बदनाम हुने गरेको भन्दै सरकारले सवै सहकारीलाई एउटै डालोमा हाल्न नहुने बताए । साथै साधारण सभाले नयाँ संचालक समिती चयन गरेको छ । अध्यक्षमा केशबप्रसाद नेपाल, उपाध्यक्षमा हिराकाजी महर्जन, सचिवमा धुब्रप्रसाद नेपाल, कोषाध्यक्षमा नबिन खकुरेल, संचालनक सदश्यहरुमा सजिन नेपाल, ऋषिराम नेपाल, सिता सिलवाल, लेखा संयोजकमा पशुराम गौतम, लेखा समिती सदश्यमा सरोज नेपाल र केशव नेपाल रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष केशव नेपालले आयाम सहकारीलाई अझ सशक्त अगाडी रुपमा अगाडी बढाउने बताए । सहकारीले सदश्यहरुको सेवालाई मध्यनजर गर्दै एस एम एस लगाएत बिभिन्न प्रबृधिको सेवा बिस्तार गर्ने योजना रहेको बताएको छ । साधारण सभाको अवसरमा आयामका सदस्य जेष्ठ नागरिक नन्दप्रसाद पोखरेललाई नगद सहित दौसला ओडाएर सम्मान गरेको छ । संस्थाले शेयर सदस्यहरुको एस ई ई परिक्षामा उत्कृष्ट अंक ल्याउने छोराछोरी र संस्थाको उत्कृष्ट कर्मचारी लगाएत उत्कृष्ट कारोबार गर्ने सदश्यहरुलाई पनि सम्मान गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend