सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अब प्रदेश कार्यालयबाट नै सवारी चालक अनुमतिपत्र लाइसेन्स पाइने

अब प्रदेश कार्यालयबाट नै सवारी चालक अनुमतिपत्र लाइसेन्स पाइने


सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अब प्रदेश कार्यालयबाट नै पाइने भएको छ । यातायात व्यवस्था विभागले सातवटै प्रदेशबाट उक्त लाइसेन्स वितरण गर्ने तयारी बढाएको छ । विभागले एकद्वार प्रणालीबाट स्मार्ट कार्ड वितरण गर्ने प्रणाली बनाएर छपाइको काम समेत प्रदेश कार्यालयलाई दिने गरी कार्ययोजना बनाउन शुरु गरेको हो । प्रदेशबाट लाइसेन्स बाँड्ने गरी प्रक्रिया अगाडि बढाइएको बताउँदै विभागका महानिर्देशक लावण्यकुमार ढकालले भने– ‘हामीले आन्तरिक छलफल र गृहकार्य गरिरहेका छौँ, कुन तहबाट वितरण गर्ने र केन्द्रीय डाटासँग कसरी जोड्ने भन्नेबारे टुंगो लाग्न बाँकी छ ।’ आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend