काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो पार्टी संवादबाट कहिल्यै नभाग्ने बताएका छन्। सत्ता पक्षले जहाँ–जहाँ बोलायो त्यहीँ जाँदा मात्रै संवादमा सहभागी भएको, तर नजाँदा नभएको भन्ने नहुने उनले बताए।
बिहीबार प्रधानमन्त्रीले बोलाएको संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको बैठकमा एमाले सहभागी भएन। बैठकपछि बोल्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमाले संवादबाट भागेको बताएका थिए।
‘संसद् अवरोध गर्नुभएको छ। संवाद र वार्ता गर्नुपर्ने थियो, सभामुखले बोलाएको बैठकमा पनि एमाले अनुपस्थित भएको थियो, आज पनि उपस्थित हुनुभएन,’ बैठकपछि उनले भने, ‘यसले उहाँहरु संवाद र वार्ताबाट पर भागेको देखियो।’
भट्टराईले भने एमाले कहिल्यै संवादबाट नभाग्ने बताए। ुएमाले लोकतान्त्रिक पार्टी हो। संविधान, मर्यादा, कानुन सबै जोगाउन चाहन्छ। त्यसैले संवादबाट भागेको भन्ने झुटो कुरा होु, उनले भने।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend