शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सभामुखको भूमिकामा प्रश्न उठाउँदै, घन्कियो सांसदमा नाराबाजी

सभामुखको भूमिकामा प्रश्न उठाउँदै, घन्कियो सांसदमा नाराबाजी

फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको आजको बैठक पनि अवरोध गरेको छ ।सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नासाथ पार्टीले सांसदलाई गरेको कारबाही कार्यान्वयन नगरेको भन्दै एमाले सांसदले सभामुखको भूमिकामा प्रश्न उठाउँदै नाराबाजी थालेका थिए । एमाले सांसदहरूले बेल घेराउ गर्दै  नाराबाजी गरिरहेकै बखत सभामुख सापकोटाले सदनको काम–कारबाही अघि बढाए ।

नाराबाजीकै बीच सभामुखले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेको तथा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणित गरेको सूचना पढेर सुनाएका थिए ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखापरीक्षकको प्रतिवेदन पेस गरेका थिए ।

एमाले सांसदको नाराबाजी जारी रहेपछि यही असोज १९ गते दिउँसो १ बजेसम्मका लागि सभामुख सापकोटाले बैठक स्थगित गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend