काठमाडौं ।प्रदेश २ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । मुख्यमन्त्री कार्यालय मातहत सञ्चालित ुमुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियानमा अनियमितता भएको उजुरी परेपछि आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले बुधवार छापा मारेको हो ।
२०७६ असार १६ गते मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गरी ९ करोड ८४ लाख १८ हजार मूल्यका १४ हजार थान साइकल २६२ विद्यालयका प्रधानाध्यापक वा विद्यालयका प्रतिनिधिलाई ८ कक्षामा पढ्ने छात्रा संख्याको आधारमा उपलब्ध गराएको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend